विभिन्न लचक व्यवस्था ल्याए पनि घरजग्गा कारोबारमा उल्लेख सुधार हुन सकेन

काठमाण्डाै – सरकारले विभिन्न लचक व्यवस्था ल्याए पनि घरजग्गा कारोबारमा उल्लेख सुधार हुन सकेको छैन । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा देशभर ३३ हजार पाँच सय वटा घरजग्गा कारोबार भएका छन् । गएको वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष घरजग्गा कारोबार २८ प्रतिशतले धेरै भए पनि अहिलेको अवस्थामा यसलाई सन्तोषजनक मान्न नसकिने सरकार, व्यवसायीले बताएका छन् । गएको वर्ष नेपालको अर्थतन्त्रमा मन्दी थियो, अहिले त्यो मन्दी कम भएको अवस्थामा कारोबार शतप्रतिशत बढ्नुपर्ने उनीहरूको तर्क छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअ...

Source : https://ujyaaloonline.com/story/108975/2024/11/18/no-improvement-in-the-real-estate-business