विराटनगरमा डेढ करोड रुपैयाँ लगानीमा बनेको बायोग्यास प्लान्ट अलपत्र

मोरङ – विराटनगरमा २०७५ सालमा डेढ करोड रुपैयाँ लगानीमा बनेको बायोग्यास प्लान्ट अलपत्र परेको छ । ग्यास सिलिण्डरको युग अन्त्य गरेर घर–घरमा ग्यास पुर्‍याउने उद्घोषसहित पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द रहेको छ । सडक बिस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो 'घर–घरमा ग्यास पाइप' भन्ने चुनावी नारालाई सार्थकता तुल्याउन...

Source : https://ujyaaloonline.com/story/101422/2024/5/4/biogas-plant-biratnagar-lying-idle