विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषि मन्त्री अधिकारी इटाली प्रस्थान

काठमाण्डौ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज इटलीतर्फ प्रस्थान गरेको हाे  । मञ्चको बैठक भोलिदेखि शुरु हुनेछ । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।  

Source : https://ujyaaloonline.com/story/107749/2024/10/13/officials-of-minister-of-agriculture-depart-rome-