वेस्ट इन्डिजले दियो नेपाललाई १ सय ७३ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिज ए ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए’ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो ।

वेस्ट इन्डिज ए’का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

The post वेस्ट इन्डिजले दियो नेपाललाई १ सय ७३ रनको लक्ष्य appeared first on Samudrapari.com.

Source : https://samudrapari.com/2024/05/478053/