वैकुण्ठ अर्यालद्वारा मुख्यसचिव पदबाट राजीनामा

काठमाण्डाै – वैकुण्ठ अर्यालले मुख्यसचिव पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले आज पदबाट राजीनामा दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गएको कात्तिक १४ गते भ्रष्टाचारको मुद्दामा अदालतबाट सफाइ पाएपछि अर्याल हिजो मात्रै राष्ट्रिय योजना आयोगमा हाजिर हुनुभएको थियो । तर आज उहाँले राजीनामा दिनुभएको हो । अब उहाँको राजीनामा स्वीकृत गर्ने/नगर्ने मन्त्रीपरिषद्ले निर्णय गर्नेछ । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गएको...

Source : https://ujyaaloonline.com/story/108971/2024/11/18/resignation-by-vaikuntha-aryal