वैदेशिक रोजगारीका लागि पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सुर्य थापा मगर र४६ वर्षीय बिमला गुरुङ रहेका छन् ।

उनीहरुले बेरोजगार युवायुवतीलाई इजरायल, माल्टालगायत देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । आकर्षक तलबको प्रलोभनमा पारेर सुर्य थापा मगर १० लाख २० हजार रुपैयाँ र बिमला गुरुङले सात लाख रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि  वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Source : https://arthasarokar.com/2024/05/pakrau-206.html