वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

काठमाडौँ । वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन चीनको लागी नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

सो सम्झौतामा एमएविसि इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरेका हुन् ।

कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ ।

यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

Source : https://arthasarokar.com/2024/04/samjhauta-16.html



Related Posts