शङ्खमूलनजिकै बागमती दोभानमा आगलागी

काठमाडौं । काठमाडौंको शंखमुल नजिकै बागमती दोभानमा आगलागी भएको छ। एक ग्यारेजबाट सल्किएकाे आगाेले वरिपरिका पानपसल, चियापसल, माछापसल, फलफूल पसल, तरकारी पसल र टहरा जलेर नष्ट बनाएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने कार्य भइरहेकाे छ। ललितपुर र काठमाडाैं महानगरका दमकल पनि प्रयाेगमा ल्याइएका छन्।

आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी छ।

The post शङ्खमूलनजिकै बागमती दोभानमा आगलागी first appeared on Outline News Service.

Source : https://www.onsnews.com/agalagi-66/?utm_source=rss&utm_medium=rss&utm_campaign=agalagi-66