शेयर बजार साढे ११ अङ्कले बढ्यो, पाँच अर्ब नौ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र म्युचुअल फन्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । इर्स्टन पावर, आत्मनिर्भर लघुवित्त र सुपर स्यांगे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । आज सबैभन्दा धेरै रावा इनर्जीको शेयर झन्डै नौ प्रतिशतले ओरालो लागेको छ । एक करोड २४ लाख ८५ हजार कित्ता शेयर पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँमा कारोबार ...

Source : https://ujyaaloonline.com/story/106900/2024/9/22/stock-market-increased-