सभापोखरीमा १ घर १ धारा अभियान,आफै फिल्ड खटिएर पाइप बोक्दै उपाध्यक्ष चापागाई

बिराटनगर । खानेपानीको चरम समस्या रहेको संखुवासभाको सभापोखरी गाउपालिका (साबिकको धुपु गाबिस) हालको वडा नम्बर १ र २ मा खानेपानीको पहुँच पुर्‍याइने भएको छ । यसका लागि गाउपलिकाले ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ ।

गाउपालिका र कोरियन रेडक्रसको संयुक्त साजेदारीमा गाउपालिकाको सबै वडामा खानेपानी पुर्याउने अभियान संचालन भइरहेको भएता पनि तत्कालका लागि वडा नम्बर १ र २ मा पुर्याउने कार्यलाई तीव्रता दिईएको सभापोखरी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी चापागाई जानकारी दिईन्।

‘अहिले पुरानो ठाउँमा मर्मत हुँदै छ नया बनाउनु पर्ने ठाउँमा काम हुँदैछ,गाउपालिकाकी उपाध्यक्ष चापागाईले राजधानीसँग भनिन्,’ गाउपालिकाको सबै वडामा खानेपानी पुर्याउने लक्ष्य हो अहिले साबिकको धुपु गाबिस हालको १ र २ मा काम भैरहेको छ,पहिलो चरणमा कोरियन रेडक्रसले पनि सहयोग गरिराखेका छन् चांडै खानेपानी पुर्याउछौ,अहिले हाम्रो पहिलो प्रथामिकता १ र २ मा नै हो।’

अहिले केहि केहि टोल टोलमा कामको बिभाजन गरेको र रेडक्रसको प्राविधिक सहयोगमा अहिले पाइप बिछ्याउने र पुर्नेकाम भइरहेको छ । भैरहेको उनले बताईन्। १ घर १ धारा अभियानले सरसफाईसँगै जलवायु परिवर्तन अनुकुलन गरिव न्यूनीकरण लगायतका गतिविधिहरु पनि सँगसँगै जोडेर लागेको बताईन्। यी २ वटा वडालाई नमुना वडा बनाउने अभियानमा गाउपलिका लागेको समेत उनले बताईन्।

घर-घरमा खानेपानी पुर्याउन उपाध्यक्ष चापागाई आफै फिल्डमा खटिएर पाइप राख्ने ठाउँ खन्ने देखि आफै पाइप बोक्ने काममा खटिएकी छिन्। उनले सामाजिक संजाल फेसबुकमा पाइप बोकेको तस्वीर सेयर गर्दै लेखेकी छिन् ‘काम गरेर सानाे भईदैन । हाम्रो अभियान जारी छ । जब सम्म १ घर १ धारा पनि सभापाेखरी बासीकोमा सुचारु हुँदैन तब सम्म यो अभियान चलिरहन्छ । धुपू खानेपानी श्रमदान अभियान ।’

१ घर १ धारा अभियानमा त्यस ठाउँका मनिसहरु पनि श्रमदान गर्न जुटेका छन्। अहिले बिषेश गरी गाउपलिकाको १ र २ मा खानेपानीको चरम अभाव रहेको छ। त्यस ठाउँमा खानेपानीको अभाव भएसँगै धेरै मानिसहरु बसाईसराई गर्ने गरेका छन्।

The post सभापोखरीमा १ घर १ धारा अभियान,आफै फिल्ड खटिएर पाइप बोक्दै उपाध्यक्ष चापागाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95298/