समाज निर्माणमा प्रहरीसँगै सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण
सप्तरी । सप्तरीका नयाँ प्रहरी प्रमुख ठेकेन्द्र खतिवडाले प्रहरी र सञ्चारमर्कीको कार्य जिम्मेवारी फरक भएपनि दुवैको उदेश्य पिडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम रहोस नै रहेको बताएका छन् ।
शनिवार जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरि उनले यस्तो बताएका हुन् ।
जिम्मेवारी सम्हालेको दोश्रो दिन नै आफनो कार्यकक्षमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघात कार्यक्रम राखेका उनले भने–‘पिडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र सञ्चारकर्मी दुवैको एउटै उद्देश्य भएकाले समान उद्देश्य बोकेका संस्था आपसी सदभाव, समन्वय र मिलेर काम गर्दा झन प्रभावकारी हुन्छ ।’
१५ वर्ष अघि सप्तरीकै शम्भुनाथ स्थित जिल्ला ट्राफिक कार्यालयमा १५ महिना ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी बहन गरिसकेका प्रहरी उपरिक्षक खतिवडाले आप्mनो कार्य कुशलता र छिन्नमस्ता भगवतीको कृृपाले पुनः यस जिल्लामा थप जिम्मेवारीका साथ फर्किएको र सबैको साथ सहयोग लिएर समाजमा शान्ति सुरक्षा कायम गर्न सफल हुने विश्वास समेत व्यक्त गरे ।
पत्रकारको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्ग प्रहरीलाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न तथा संगठनलाई मर्यादा र कर्तव्यबाट विचलित हुन नदिन मदत पुर्याउने भन्दै उनले काम गर्दै जादाँ कुनै त्रुटी भए सचेत र आवश्यक सुझाव दिन समेत सञ्चारकर्मीहरुसँग अनुरोध गरे । उनले एउटै उद्देश्य बोकेका सञ्चारकर्मी र प्रहरी बीचका वास्तविक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै पत्रकारको सुरक्षा, सम्मान, समयमै सूचना प्रवाह र शान्ति सुरक्षाका लागि समेत आफुले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । सो अवसरमा सञ्चारकर्मीहरुले जिल्लामा देखिएका विभिन्न समस्या र शान्ति सुरक्षा कायम गर्न प्रहरीले चाल्नु पर्ने कदम’bout आ आफ्ना सुझाव दिएका थिए ।
The post समाज निर्माणमा प्रहरीसँगै सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101815/