सर्वोच्चले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि दीपक मनाङे फरार
काठमाडौं। गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे फरार भएका छन्। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार भएका हुन्। काठमाडौं प्रहरीले उनलाई मंगलबारबाटै खोजी गरिरहेको थियो। ‘उनलाई पक्राउ गर्न खोजिएको हिजैबाट सम्पर्कविहन छन्’, प्रहरी प्रधानार्यालयका एक अधिकारीले भने। […]