सस्ता र छुट लेखिएको पसलमा भीडभाड, अन्यमा सुनसान (फोटो फिचर)
काठमाण्डौ – दशैँ शुरु भएपछि सडक र बजारमा चहलपहल बढ्न थालेको छ । अघिल्ला वर्षहरुमा दशैँको घटस्थापनादेखि नै चहलपहल हुने गर्‍याे । तर यसपटक दशैँको मुखमै बाढीपहिरोले जनधनको निकै क्षति गरेकाले सोचेअनुसार चहलपहल बढ्न नसकेको हो । दशैँ शुरू भैसक्दा कतिपय सडकहरु अझै बन्द छन् भने बाढी र डुबानमा परेका पसलहरु पनि पूर्ववत् अवस्थामा आउन बाँकी छ । काठमाण्डौका न्युरोड, असन, इन्द्रचोकजस्ता ठूला बजारहरूमा किनमेल गर्ने ग्राहकको भीड बढ्न थाले पनि व्यापारीहरूले यस वर्ष पहिलेको जस्तो चहलपहल भैनसकेको बताएका छन् । ...
Source : https://ujyaaloonline.com/story/107443/2024/10/5/crowd-in-dashain-market-