सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सर्वदलीय निर्णय भयो भने सहमत हुन्छौँ : रास्वपा

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सर्वदलीय निर्णय भयो भने सहमत हुने जनाएको छ । आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सांसद मनिष झाले सबै राजनीतिक दलले समिति बनाउन स्वीकार गर्ने अवस्थामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आफूहरू सहमत हुने बताउनुभयो । आजको बैठकले आउँदो बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे पनि छलफल गरेको सांसद झाले जानकारी दिनुभयो । बैठकमा बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट स...

Source : https://ujyaaloonline.com/story/101516/2024/5/7/if-there-is-an-all-party-decision-agree