सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबीच व्यवसायिक सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्टद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घरजग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंकले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने भएको हो ।

घरजग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम रु २ करोडसम्म उपलब्ध गराइने बैंकले जानेको छ । कर्जाको ब्याज दर ९.९९ प्रतिशत तोकिएको छ भने पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहनेछ ।

बैंकले आम ग्राहकहरुलाई घरजग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौँ क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रालिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले आम ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Source : https://arthasarokar.com/2024/11/business-agreement-between-sangrila-development-bank-and-brihat-investments.html



Related Posts