सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार समेत रोक्का

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । बीमा प्राधिकरणले लाभांशमा रोक लगाएपछि मंगलबार कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

बजारको स्वच्छता कायम राख्नका लागि मंगलबार कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् ।

यता सेयर लगानीकर्ताले भने सोमबार भएको कम्पनीको सबै कारोबार रद्द गर्न माग गरेका छन् ।

 

Source : https://arthasarokar.com/2024/05/citizens-life-insurance-6.html