सीमा विवादका कारण बाग्लुङको ढोरपाटनमा बसपार्क निर्माण अवरुद्ध

बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसपार्कको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ शहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । २०७५ सालमा ६ रोपनी जग्गा खरिद गरेर निर्माण शुरू भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ शहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो । नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काए...

Source : https://ujyaaloonline.com/story/108832/2024/11/14/bus-park-construction-blocked-in-dhorpatan-