सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको बैठक स्थगित भएको हो । एमालेले विश्वासको मत नदिने भनेपछि हिजो लागि आह्वान भएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो । तर आज पनि एमालेले कुनै टुङ्गो नदिएपछि बैठक स्थगित भएको हो । आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताउनुभयो । ५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिममा चार स...

Source : https://ujyaaloonline.com/story/101418/2024/5/4/sudurpaschim-provincial-assembly-postponed