सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्न केही सेन्टिमिटर मात्रै बाँकी, वैशाख २६ गते छिचोलिने

काठमाण्डाै – सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिएको छ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । आउँदो २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने उहाँले जानकारी दिनुभयो । सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलि...

Source : https://ujyaaloonline.com/story/101136/2024/4/27/sunkosi-marin-diversion-tunnel-construction-done