सुनकोशी मरिण डाइभर्सनको सुरुङ भाेलि छिचाेलिने

काठमाण्डाै – सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ भोलि बुधवार छिचोलिने भएको छ । भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोलिने सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये ‘ब्रेक थ्रु’ अर्थात छिचोल्नका लागि केही सेन्टिमिटर मात्रै खन्न बाँकी राखिएको छ । सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मर...

Source : https://ujyaaloonline.com/story/101532/2024/5/7/date-of-break-through-of-sunkoshi-marin