सुन्दरहरैंचामा उपमेयर कप महिला भलिबल हुने

विराटनगर । मोरङमा उपमेयर कप महिला भलिबल हुने प्रतियोगिता २०८१ हुने भएको छ । सुन्दरहरैंचा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुन् लागेको हो ।

मंगलबार नगरपालिकाको सभा हलमा भएको पत्रकार सम्मेलन गर्दै २७ देखि २९ वैशाख गतेसम्म उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने आयोजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिए । अन्तरपालिकास्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने बताइएको छ ।

भलिबल प्रतियोगितामा बेलबारी, पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिका गरी ८ टिमको सहभागिता रहने आयोजक समितिका सदस्य तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले बताए ।

३ लाख खर्च गरेर आयोजना गर्न लागिएको सो प्रतियोगिताको विजेताले नगद ५० हजार उपविजेताले २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रवक्ता ढकालले बताए । साथै उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

सुकुना माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । खेलकुदको माध्यमबाट सुन्दरहरैंचालाई चिनाउन र यहाँका खेलाडीलाई पनि राष्ट्रियस्तरसम्म पु¥याउन नगरपालिका लागिपरेको उनले बताए ।

मोरङको ८ वटै पालिकाका खेलाडी हाम्रो नगरमा आउने भन्दै उनले यसलाई व्यवस्थित गरेर लाग्न पनि उनले सबैलाई आग्रह गरे । यसअघि पनि नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता पनि आयोजना गरिसकेको छ ।

The post सुन्दरहरैंचामा उपमेयर कप महिला भलिबल हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95644/