सोमबार सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङकले बढेको छ । सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको ७३ लाख ४१  हजार १ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९५ करोड ९४ लाखमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । यस कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पोखरा फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Source : https://arthasarokar.com/2024/04/nepse-309.html