स्याङ्जामा चक्कु प्रहारबाट मजदुरको हत्या

स्याङ्जा । स्याङ्जाको वालिङ १३ बायाँटारीमा चक्कु प्रहार गरी एकजना मजदुरको हत्या भएको छ । गएराती लेनदेनमा सामान्य विवादमा दाङ् जिल्ला राप्ती गाउँपालिका ३ बस्ने २० बर्षको आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यू भएको हो ।

स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्ने दाङ् जिल्ला राप्ती गाउँपालिका ३ का ३५ बर्षिय निमबहादुर घर्तीले घाटीमा चक्कु प्रहार गर्दा चौधरी घाइते भएका थिए । उनको प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि लैजादै गर्दा चिकित्सकले मृत्यू भएको घोषणा गरिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

चक्कु प्रहार गर्ने घर्तीलाई नियन्त्रणमा लिएर घट्नाको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक रानाले बताए ।

घर्ती ट्याक्टर ड्राइभर रहेको र चौधरी मजदुर रहेको खुल्न आएको छ । दुवैविच लेनदेनका बिषयमा झगडा हुँदा घर्तीले घाटीमा चक्कु प्रहार गरेका थिए । ग १ त ६०९२ नम्बरको ट्याक्टरमा दुवै जनाले कामगर्दै आएको बताइएको छ ।

The post स्याङ्जामा चक्कु प्रहारबाट मजदुरको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95295/