हिजाे दाेहाेराे अङ्कले घटेकाे शेयर बजार आज २ अङ्कले बढ्याे

काठमाण्डाै – हिजो १५ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ । आज विकास बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज हिमालयन लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) कम्पनीको शेयर भने छ प्रतिशतभन्दा धेरैले घटेको छ । सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ । आज तीन सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर दुई अर्ब १४ करोड...

Source : https://ujyaaloonline.com/story/101527/2024/5/7/share-market-raised-by-2-points