हैटीमा गोली हानाहान हुँदा ७० जनाको ज्यान गयो
काठमाण्डौ – हैटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र केही घर तथा गाडीमा आगलागी भएको उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घ मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले यो घटनाले थप त्रास बढाएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली प्रायः ध्वस्त अवस्था...
Source : https://ujyaaloonline.com/story/107469/2024/10/5/70-killed-in-shooting-in-haiti-