१० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरियो, आज एक/दुई ठाउँमा पानी पर्न सक्ने

काठमाण्डौमा – १० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरिएको छ । साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाण्डौ उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मौसम बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो । आज बाग्मती, मधेश र कोशी प्रदेशबाट प...

Source : https://ujyaaloonline.com/story/107716/2024/10/12/monsoon-left-nepal-after-10-days-delay-