११ तस्विरमा हेर्नुहोस् नेपाल प्रहरीको कुकुर तिहार कार्यक्रम (तस्विरहरु)

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ ।

हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ ।

यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ ।

प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रकी निर्देशक डिआईजी देउती गुरुङले अरु दिन नियमित काम र अभ्यास गर्ने कुकुर तिहारको एक दिन विशेष पूजा गरिने बताइन्। उनले प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पालेको जानकारी दिइन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/10/kukur-tihar-2.html