१५ अर्ब रुपैयाँ सहयोगमा भारतले थप दुई वटा पेट्रोलियम पाइपलाइन बनाइदिने

काठमाण्डाै – नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । काठमाण्डौमा आज भएको एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इन्डियन आयल कर्पोरेशनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेका थियो । सम्झौताअनुसार भारतले सिलिगुडीबाट नेपालको झापाको चारआलीसम्म ५० किलोमिटर लामो...

Source : https://ujyaaloonline.com/story/107407/2024/10/3/india-will-build-two-more-petroleum-pipelines