३२ सिटको म्याजिक नम्बर रहेको दोहोर्‍याउँदै प्रचण्ड- फेरि बन्ने सरकार माओवादी केन्द्रकै हो

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई उल्टाएर आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विपक्षी दललाई ‘गर्भमेन्ट इन वेटिङ’ को रूपमा परिभाषित गर्दै आफ्नो पार्टीको भूमिका प्रस्ट पारे।

‘हाम्रो संख्या अहिले पनि म्याजिक नै छ भन्छु। किनभने ३२ सिटको हाम्रो पार्टी प्रमुख विपक्षी दल र विपक्षी दलको नेता पनि हो,’ उनले भने, ‘विपक्षी दल भनेको ‘गर्भमेन्ट इन वेटिङ’ पनि हो। हामी पर्खिराखेको सरकार हो। यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रै हो। चिन्तित हुनपर्ने कुनै पनि कुरा छैन।’

उनले आगामी योजना साझा गर्दै काठमाडौंमा लाखौं जनता उतार्ने तयारी भइरहेको बताए। यसका लागि छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर विस्तृत कार्ययोजना तय गरिने उनको भनाइ छ। प्रचण्डको भनाइले आगामी राजनीतिक परिदृश्यमा नयाँ रणनीतिहरू आउन सक्ने संकेत गरेको छ।

 

 

The post ३२ सिटको म्याजिक नम्बर रहेको दोहोर्‍याउँदै प्रचण्ड- फेरि बन्ने सरकार माओवादी केन्द्रकै हो appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/495845/