३८३ वर्ष पुरानो कार्तिक नाचको अन्तिम प्रदर्शन: नृसिंह अवतार द्वारा हिरण्यकश्यपु वध (तस्बिर)
काठमाडाैं। कार्तिक नाचको अन्तिम प्रस्तुति हिजो मध्यरातमा पाटन दरबारको चारनारायण मन्दिर प्रांगणमा कात्तिक दाबलीमा मञ्चन गरिएको थियो। आठ दिन लामो नृत्य शृङ्खलाको अन्तिम अभिनयमा भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकशिपुलाई पराजित गरेको देखाइएको थियो। कार्तिक नाचको इतिहास १७ औं शताब्दीमा राजा सिद्धि नरसिंह मल्लको शासनकालको हो। यो ३८३ वर्ष पहिले विसं १६९८ मा […]