४९ वटा उद्योगलाई विद्युत् प्राधिकरणको ताकेता : आउँदो कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन सूचना
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न ४९ वटा उद्योगलाई पुनः ताकेता गरेको हो । यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीले महसुल तिर्न अटेरी गर्दै आएका छन् । आंशिक प्रिमियम रकम ...
Source : https://ujyaaloonline.com/story/107643/2024/10/10/electricity-authority-guidance-to-49-industries