६ महिनाभित्र पेट्रोलियम पदार्थको परिमाण र गुणस्तरबारे थाहा हुन्छ

दैलेखको जलजले पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला मिथेन ग्यास रहेको प्रमाणित भइसकेको छ । अहिलेसम्मको अध्ययनले त्यहाँ पेट्रोलियम पदार्थ छ भन्ने दाबी गरिए पनि आधिकारिक पुष्टि हुन बाँकी छ । अहिले त्यसैका लागि पेट्रोलियम अन्वेषणको अन्तिम चरणको काम हुँदैछ । अन्तिम चरणको काम भनेको अब चार हजार मिटरको 'ड्रिलिङ' कार्य हो । यो भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, छ भने कति परिमाणमा छ भनेर देखाउने अन्तिम चरणको काम हो । पेट्रोलको अन्वेषणकै लागि जमिन सतहदेखि चार किलोमिटर मुनिसम्म हेर्नुपर्ने ...

Source : https://ujyaaloonline.com/story/101492/2024/5/7/quantity-quality-petroleum-products-6-months