९ वर्षदेखि रोकिएको पर्सा एमालेको अधिवेशन सुरु

वीरगन्ज । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि पूर्वको ईलाम र पश्चिमको बझाङ्गमा एमालेको जितको झण्डा फहराउँदै गर्दा झण्डै एक दशकदेखि रोकिएको एमाले पर्साको जिल्ला अधिवेशन पनि सुरु भएको छ । ९ बर्षदेखि रोकिएको एमाले पर्साको जिल्ला अधिवेशन पूर्व र पश्चिममा सूर्य ध्वजावाहक एमालेको जितको झण्डा फहराउँदै गर्दा मुलुकको बीच भागमा पर्ने पर्सामा पनि एमाले पर्साको जिल्ला अधिवेशनको खुल्ला सत्र भव्य रुपमा सम्पन्न भएको हो ।

‘शिक्षा, स्वास्थ्य र पर्यटन विकासको आधार, आर्थिक रुपान्तरण र रोजगारी नेकपाको सरोकार’ भन्ने नारा सहित एमालेको ९ औं जिल्ला अधिवेशन भइरहेको छ । अधिवेशको खुल्ला सत्रलाई एमाले पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले सम्बोधन गर्दै एमालेलाई कागजीभन्दा पनि जमिनमा ठिङ्ग उभिएको सच्चा एमाले बन्नु पर्ने स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिए । उनले हाल पर्सामा रहेको एमालेको ११ हजार ८ सय ६३ सदस्य संख्या बढाएर २०८४ सम्ममा ४० हजार बनाउन सुझाव दिए ।

प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका बरिष्ठ उपाध्यक्ष पोख्रेलले स्थानीय नेता कार्यकर्तालाई एमालेको टोपी लगाएर भ्रष्टाचारमा चुर्लुम्म डुबेको एमाले हुन नसक्ने चेतावनी दिए । हरेक पार्टी र नेता भ्रष्टाचारमा फसेको तर्फ संकेत गर्दै उनले जनाको हित विपरित एमाले कुनै कार्यकर्ता अगाडी नबढ्न जोड दिए ।

एमालेका २३ जनवर्गीय संगठनलाई राम्रोसँग परिचालित गर्दै काजगी जनवर्गीय संगठन नबनाउन पनि उनले जोड दिए । एमाले विना यो देशको राष्ट्रिय स्वभिमान र अखण्डता रक्षा हुन नसक्ने संकेत गर्दै मुलुकको विकास समृद्धि र राष्ट्रिय अखण्डता र स्वभिमानको लागि एमालेलाई जनस्तरको पार्टी बनाउने गरी सबै एमालेजन इमान्दारपूर्वक लाग्न पर्ने उनले जोड दिए ।

२०८४ मा विगतको निर्वाचनभन्दा अलि बढि जनाताको साथ चाहिने भएकोले जनताको साथको लागि एमालेले विगतमा गरेका कामको सहि सूचना जनतासम्म पु¥याउन सबै एमालेका नेता कार्यकर्ता एकजुट भएर अगाडी बढ्न पर्ने वरिष्ठ उपाध्यक्ष पोख्रेलको सुझाव छ ।

झण्डै एकदशक अगाडीदेखि रोकिएको एमाले पर्साको जिल्ला अधिवेशनको खुल्ला सत्रमा पार्टीका सचिव तथा मधेश ईन्चाज योगेश भट्टराईले मधेशको समथल भूभागमा उभिएको सगरमाथा र सगरमाथाको काखमा भएको समथल भूमिको सम्बन्ध प्रकृतिको बरदान भएकोले यसलाई सबैले शिरोधार्य गर्न उनले सुझाव दिए । आपसी सद्भाव र एकतामा एमाले अडिक रहन पर्ने र टोपी लगाउने र धोती लगाउने बीचको सुमधुर सम्बन्धले मुलुक र मुलकवासीको समृद्धि हुनेमा उनको जोड ।

आर्थिक समुन्नति विना देश र जनताको हित नहुने भन्दै उद्योग व्यवसायीको पनि साथमा एमाले अडिक रहेको उनले दावी गरे । नेपालीको दुष्मन मधेशी र पहाडी नभएर अशिक्षा, गरीबी, पछौटेपन जस्ता कुराहरु मात्र भएकोले विभिन्न जात र धर्मका नाममा राजनीति गर्नेहरुसँग सजग भएर एमाले अगाडी बढ्न पर्ने नेता भट्टराईको जोड छ ।

एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको खुल्ला सत्रमा एमाले पोलिटव्यूरो सदस्य जुली महतो तथा एमाले पर्साका इन्चार्ज समेत रहेका अर्का पोलिट व्यूरो सदस्य अच्युत मैनाली, प्रदेशका अध्यक्ष तथा उपाध्यक्ष विचारी यादव, महानगर उपाध्यक्ष सुन्दर कुर्मी लगायतका बक्ताले नेपाली जनताको समृद्धि र वातावरणको पनि संरक्षण गर्न एमालेको जिम्मेवारी भएको जोड दिए । जनताको समृद्धि र वातावरणको रक्षामा अब एमालेले कटिवद्ध भएर लाग्न आपसी मतमतान्त भन्दा पनि एकताबद्ध भएर लाग्न पर्नेमा जोड दिएका थिए ।

सम्पन्न भएको छ । सोमबार वीरगन्जमा नेपाल कम्यूनिष्ट पार्टी एकृकित माक्सवादी लेलिनवादी (एमाले) को ९ औं जिल्ला अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको हो ।

The post ९ वर्षदेखि रोकिएको पर्सा एमालेको अधिवेशन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95322/