‘माइतीघर’ चलचित्रका अभिनेता सीपी लोहनीको निधन

काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको उपचारका क्रममा आज काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको अभिनेता तथा निर्देशक कृष्ण मल्लले जानकारी दिनुभयो । लोहनीको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । अभिनेता लोहनी पार्किन्सन र अल्जाइमरबाट पीडित हुनुहुन्थ्यो । सीपी लोहनी भारतीय अभिनेत्री माला सिन्हाका श्रीमान् हुनुहुन्छ । लोहनी गायक पनि हुनुहन्थ्यो । उहाँका एक छाेरी हुनुहुन्छ ।

Source : https://ujyaaloonline.com/story/101235/2024/4/29/maitighar-actor-cp-lohani-passed-away