‘सहकारीमा लेखा समितिको भूमिका कमजोर भयो’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सहकारी संस्थाको दिगो विकासमा लेखा सुपरिवेक्षण समिति केन्द्रीकृत हुन जरुरी रहेको बताए ।

लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन ? सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नुपर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताए । संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने लेखा समितिको मुल जिम्मेवारी रहेको बताए ।

कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको उल्लेख गरे । समुदाय केन्द्रीत कारोबार, दैनिक र नियमित भन्दा आवधिक बचतमा जोड र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उनको भनाई थियो । ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले/नमिलेको पनि हेर्ने आवश्यक रहेको सापकोटाले बताए । लेखा समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने रहेको बताउँदै सापकोटाले पटक पटक नीति बनेन भनेर मात्र टिपणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले हरेक काममा कार्यान्वयनमा लैजान लाग्नु पर्ने बताए ।

कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखा समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताएका छन् । संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा समितिको दायित्व रहेको बताए । ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको बताए ।

‘लेखा समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दवाडीले भने । घाटमा गए पनि लाभांश बाड्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । कार्यक्रममा सहभागिहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनिहरुले लेखा समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहँुदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गरे ।

लेखा समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको बताए । सेसनको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष डिबी बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गरेका थिए

Source : https://arthasarokar.com/2024/05/sahakari-162.html