अकवरे खुर्सानीबाट लाखौ आम्दानी
पाल्पा । पाल्पमा अकवरे खुर्सानी उत्पादन हुने पालिकाको रुपमा रिव्दीकोट गाउँपालिका परिचित हुन थालेको छ । पालिकाका ८ वडाका १ हजार २ सय किसानहरूले अकवरे खुर्सानी खेती गरेका छन् ।
खुर्सानी बिक्रीबाट किसानले न्युनतम ५० हजारदेखी ३० लाखसम्म बार्षिक आम्दानी गर्न सफल भएका छन् । पालिकाका पुर्व अध्यक्ष नारायणबहादुर जिसीले चलाएको अभियानबाट रिब्दीकोट अकवरे खुर्सानीको पकेट क्षेत्र बनेको हो ।
किसानहरूको आयआर्जन बृद्धि गर्न २०७६ सालदेखी किसानहरू अकवरे खुर्सानी खेती थालेका थियो । अहिले किसानको प्रमुख आम्दानीको स्रोत अकवरे खुर्सानी बिक्री बनेकोे छ । गतबर्ष ४ करोडको बिक्री भएकोमा बढेर यसबर्ष ६ करोडको खुर्सानी बिक्री हुने अनुमान रहेको पालिका पुर्व अध्यक्ष नारायण बहादुर जिसीले बताएका छन् ।
पालिका, किसान र रिव्दीकोट अकवरे खुर्सानी उद्योग बीच त्रिपक्षिय सहमति गरी खुर्सानी मुल्य निर्धारण गरिएको छ । अहिले प्रतिकिलो २ सय ६० रुपैयाँमा खुर्सानी बिक्री भएको छ । खेतबारीमा लगाएको अन्नपात बन्यजन्तुल नोक्सानी पु¥याएर हैरान भएका किसानहरूलाई अकवरे खुर्सानी विकल्प बनेको छ । अधिकांश किसानहरूले अन्नवालीको विकल्पमा खुर्सानी खेती थालेका छन् ।
बन्यजन्तुले नोक्सानी पनि नगर्ने र अन्नवाली भन्दा बढी आम्दानी हुने भएकोले खुर्सानी खेतीमा लागेको स्थानीय विनु गौतमले बताइन् । अकवरे खुर्सानीको बीऊमा अनुदान, नर्सरी व्यवस्थापन, रोग किरा नियन्त्रण र मलखाद व्यवस्थापन लगायतका जस्ता क्षेत्रमा पालिकाले सहयोग गरेको छ ।
३ बर्षअघि एक रोपनी क्षेत्रफलमा अकवरे खुर्सानी खेती गरेका किसान जिवन रानाले अहिले १२ रोपनी क्षेत्रफलमा खेती गरेका छन् । रानासंगै उनको घरपरिवार खुर्सानी खेतीमा जुटेको छ । रानाले खुर्सानी र तरकारी खेतीबाट मासिक एक लाखसम्म आम्दानी गर्न सफल भएको बताए ।
मिहेनत गरेमा मासिक एक लाख कमाउन विदेश जानु नपर्ने अनुभव अर्को किसान लक्ष्मण प्रसाद आचार्यको रहेको छ । २ हजार बोटमा करिब २ हजार किलो खुर्सानी उत्पादन हुने जसबाट करिब ५ लाख आम्दानी गर्न सकिने उनले बताए । अकबरे खुर्सानीको व्यवसायिक उत्पादन सफल भएपछि रिब्दीकोटका किसानहरूको बलियो आम्दानीको स्रोत बनेको छ ।
The post अकवरे खुर्सानीबाट लाखौ आम्दानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101749/