दूतावासले राहदानी र कन्सुलर सेवा दिन घुम्ती शिविर चलाउने
टोकियो – जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न नोभेम्बरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको हो ।
घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुनेछ । दूतावासका अनुसार सिजुओकामा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन हुनेछ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।
सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ । यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले पनि सेवा लिन सक्नेछन् । शिविरमा सेवा लिनका लागि फाराम भर्ने व्यवस्था गरिने र त्यसबारे थप जानकारी गराइने दूतावासले जनाएको छ ।
The post दूतावासले राहदानी र कन्सुलर सेवा दिन घुम्ती शिविर चलाउने appeared first on Samudrapari.