अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने तारा थिइन् रोजगार संयोजक
काठमाडौं – अर्घाखाँची दुर्घटनामा ज्यान गुमाएकी २२ वर्षीया तारा श्रेष्ठ भूमिकास्थान नगरपालिकाकै कर्मचारी रहेको पाइएको छ । उनी नगरपालिकामा प्रधानमन्त्री रोजकार कार्यक्रमकी संयोजक थिइन् ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ६ घर भएकी उनी २०७९ भदौमा लिइएको परीक्षाबाट उनी रोजगार संयोजक पदमा छानिएकी थिइन् । उनको निधनको शोकमा नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सन्धिखर्कबाट प्युठान गइरहेको यात्रुवाहक बस सोमबार अर्घाखाँचीको उदयठाटीमा दुर्घटना हुँदा श्रेष्ठसहित २ जनाको मृत्यु भएको थियो । सोही नगरपालिका वडा नम्बर २ की ७० वर्षीया रूनी खनालको पनि घटनामा ज्यान गएको थियो। अरू ३४ जना घाइते भएका थिए ।
सडकमा देउसीभैलो चलिरहेका बेला अनियन्त्रित बस ठूलो जनसमूहमाथि नै गुडेको थियो । घाइतेमध्ये १० जना उपचारका लागि बुटवल रेफर भएका छन् ।
The post अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने तारा थिइन् रोजगार संयोजक appeared first on Samudrapari.