इजरायलले लेबनानको बेरुतमा आक्रमण गर्दा ५९ जनाको ज्यान गयो
इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा आज पुनः आक्रमण गर्दा ५९ जनाको ज्यान गएको छ । एक सय ८२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि नै आक्रमण भएको हो । आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा त्यो ठाउँ खाली गर्न आह्वान गर्नुभएको थियो । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा गएको मङ्गलवारदेखि निरन्तर आक्रमण गरिरहेको एएफपीको खबरमा उल्लेख छ । ल...
Source : https://ujyaaloonline.com/story/108909/2024/11/16/59-people-were-killed-attack-beirut