इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको ज्यान गयो
इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफको ज्यान गएको छ । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको ज्यान गएको बीबीसीले जनाएको छ । अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए । उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेका बीबीसीको खबरमा उल्लेख छ । यस अघि हमासका नेता लक्षित आक्रमण गरिरहेको आईडीएफले केही समयदेखि हिजबु...
Source : https://ujyaaloonline.com/story/108950/2024/11/18/hezbollah-spokesman-killed-in-israeli-