एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल जापानसँग पराजित

काठमाण्डौ – एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल साबिक विजेता जापानसँग पराजित भएको छ । कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भएको हो । नेपालका लागि सबिनकुमार लुङगेली मगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमा जापानका तानो डाइचीले खेलको १७ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले चार गोल गरे । पहिलो हाफमा ५–१ ले  अगाडी रहेको जापानले खेलको दोस्रो हाफमा थप चार गोल थप्यो । नेपालका विज्ञान खड्काले ...

Source : https://ujyaaloonline.com/story/108105/2024/10/24/nepal-lost-to-japan-in-fc-under-17-asian-cup-