एमसीसी प्रसारण लाइन निर्माण : तनहुँका विभिन्न ठाउँको मुआब्जा वितरण प्रक्रिया शुरु

तनहुँ – मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु गरिएको छ । एमसीए नेपालद्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले मुआब्जा प्राप्त गर्न...

Source : https://ujyaaloonline.com/story/106863/2024/9/21/distributing-compensation-different-places-tanahun