एशियन कप छनोट : कम्बोडियाले नेपाललाई ४–१ गोलले हरायो

एएफसी २० वर्षमूनीको एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित भएको छ ।  ताइपेइ सीटीमा भएको खेलमा कम्बोडियाले नेपाललाई ४–१ गोलले हराएको हो । नेपालले खेलको तेस्रो र चौथो मिनेटमै गोल खाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा समिर तामाङले गोल गरेर खेललाई २–१ को अवस्थामा ल्याएका थिए । तर ६६ र ८३ औँ मिनेटमा गोल गरेर कम्बोडियाले खेल ४–१  ले जित्यो । अब नेपालले चाइनिज ताइपेईसँग पर्सि सेप्टेम्बर २३ मा, उज्वेकिस्तानसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।  

Source : https://ujyaaloonline.com/story/106871/2024/9/21/asian-cup-qualifier-cambodia-beat-nepal-4-1