करेन्ट लागेर नेपाली सेनाको मृत्यु, दुईजना घाइते

काठमाडौं– नेपाली सेनामा कार्यरत लेसनायक पदमबहादुर दियालको मृत्यु भएको छ । मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत २९ वर्षीय दियालको करेन्ट लागेर मृत्यु भएको हो ।

डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ का दियालको पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छोइँदा करेन्ट लागेको बताइएको छ ।

सो क्रममा लेसनायक विनोद केसी र सिपाही युवराज कुमाल घाइते भएको बताइएको छ । घाइतेहरुको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/185713/