कर्णालीमा उत्पादन भएको स्याउले यसपालीको दशैँमा राम्रो बजार पायो
सुर्खेत – कर्णाली प्रदेशको हिमाली जिल्लामा उत्पादित स्याउले यसपालीको दशैँमा राम्रो बजार पाएको छ । जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्रीमा केही प्रभाव पारेको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले बताउनुभयो । उहाँका अनुसार सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउको राम्रो कारोबार भएको छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा पछिल्लो पटक यो सिजनमा उ...
Source : https://ujyaaloonline.com/story/107737/2024/10/13/apples-produced-karnali-got-good-market