काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो, सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह

काठमाण्डौ – दशैँ शुरू भएसँगै काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो बढ्न थालेको छ । बाढी र पहिरोले अवरुद्ध भएका सडक खुल्न थालेसँगै गाडीको चाप पनि बढेको छ । काठमाण्डौको मुख्य नाका नागढुङ्गाबाट गाडीको आवतजावत सामान्य हुन थाले पनि काठमाण्डौ–हेटौँडा जोड्ने सडक र वीपी राजमार्ग भने अझै पूर्ण रुपमा खुलेको छैन । नागढुङ्गादेखि नारायणगढसम्म भने कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । पानी परेका कारण बिहान केहीबेर नागढुङ्गामा गाडी रोकिएको थियो । अहिले पनि पानी परिरहेको र यसअघि पहिरो खसेका ...

Source : https://ujyaaloonline.com/story/107373/2024/10/3/crowds-of-passengers-in-vehicles-leaving-kathmandu