कैदीलाई ९ सय थान बढी पुस्तक

संखुवासभा । संखुवासभाको जिल्ला कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ पुस्तकालय अभियानले पुस्तक उपलब्ध गराएको छ । खाँदबारी कारागारमा कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो । आज एक कार्यक्रमका बीच साब्लाबुङ पुस्तकालय अभियानले कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरेको हो ।

जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

कैदीबन्दीलाई कानूनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी,साहित्य सम्बन्धीएक लाख ५० हजार रुपैयाँ बरावरको ९ सय थान बढी पुस्तकउपलब्ध गराइएको साब्लाबुङका अध्यक्ष राईले बताए । साब्लाबुङ पुस्तकालय अभियानले शैक्षिक संस्थामा पुस्तकालय,गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ भन्ने अभियानका साथ का गरिहेको अध्यक्ष राईले बताए ।

कैदीबन्दीको सकारात्मक सोचको विकास हुने खालका पुस्तक दिएको उनको भनाइ छ । साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राई संखुवासभाको खाँदबारी नगरपालिका ११ निवासी हुन् । साब्लाबुङ पुस्तकालय अभियानले देशका विभिन्न स्थान हङकङमा समेत पुस्तकालय स्थापना गरिसकेको छ । कारागारलाई पुस्तकालय बनाउन समाजसेवी तथा स्वतन्त्र पत्रकार जिवनाथ खनालले पहल गरेका थिए ।

यो अभियानले प्रत्यक्षमा रुपमा कारागारलाई पुस्तकालय बनाउन सहयोग पुग्ने स्वतन्त्र पत्रकार खनालले बताए । साब्लाबुङ पुस्तकालय अभियानले कारागारको पुस्तक अभियानमा पनि सघाउ पुग्ने जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले बताए । जिल्ला कारागारमा १ सय ३५ कैदीबन्दी रहेका छन् ।

The post कैदीलाई ९ सय थान बढी पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101918/