कोशी प्रदेशमा लागुऔषधसहित १० जना पक्राउ

बिराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचिनगर नगरपालिका-४ स्थितमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका-१ का २३ बर्षिय बिशाल खड्का र काठमाण्डौ महानगरपालिका-५ का २५ बर्षिय गणेश थापा समेतलाई ५५ ग्राम ब्राउन सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका-२ का २० बर्षीय सौगात थापा, २१ बर्षीय सागर खत्री, २३ बर्षीय सुरज राई र सुन्दरहरैचा- ११ का २० बर्षीय पुकार विश्वाकर्मालाई ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत गरी ७०७ ट्याब्लेट निषेधित औषधी सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २० बर्षीय आकाश साहलाई ट्रामाडोल ४ हजार ८ यस ट्याब्लेट सहित पक्राउ गरेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय कटरी उदयपुरको प्रहरी टोलीले कटारी नगरपालिका-८ का दल बहादुर आले मगर र सुमन आले मगरलाई १० किलोग्राम ९६० ग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

The post कोशी प्रदेशमा लागुऔषधसहित १० जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101075/