मोरङ पथरीमा ससुराको हत्या गरेर ज्वाईं फरार, छोरी बिदेशमा

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा तामाङको शनिबार बिहान ७ः२० बजे आफ्नै घरमा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।

स्थानीयले घटनाको जानकारी दिएलगत्तै प्रहरी पुगेर घटनास्थललाई सुरक्षित राखेको थियो। घटनापछि तामाङका ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार रहेकाले खोजीकार्य तीव्र पारिएको उनले बताए । मृतक तामाङको दुई वटा घर भएकाले पुरानो घरमा ज्वाई रविन राई र नया घरमा नयाँ घरमा ससुरा बस्ने गरेको बताईएको छ । स्थानीयहरुका अनुसार छोरी भने विदेशमा रहेको बताए पनि कुन देशमा छिन् केहि खुलाएन्।

ससुरा ज्वाई फरक -फरक घरमा बस्ने गरेको भएता पनि खान भने सँगसँगै खाने गरेका थिए। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ। घटनास्थल पथरी बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

पछिल्लो समय मोरङमा अपराध जन्य गतिविधि बढ़दै गएको छ। गत महिना मात्र मोरङको सुन्दरहरैचा – ७ मा आफ्नै आमाले दुई नावालिका छोरीलाई बिष सेवन गराएर हत्या गरेकी थिईन्।

The post मोरङ पथरीमा ससुराको हत्या गरेर ज्वाईं फरार, छोरी बिदेशमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101077/