चाडपर्वका बेला मुस्ताङमा उत्पादन भएको स्याउको खपत उच्च
म्याग्दी – चाडपर्वका बेला मुस्ताङमा उत्पादन भएको स्याउको खपत र कारोबार उच्च भएको छ । मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दशैँमा कासेलीकै रुपमा किनमेल गर्ने चलन छ । म्याग्दीको बेनीका फलफुल पसलमा यतिबेला मुस्ताङको स्याउ किन्नेको चहलपहल छ । बेनीका व्यापारी विद्यानन्द शाहले अरू बेलको तुलनामा स्याउको व्यापार यो बेला धेरै हुने गरेको बताउनुभयो । दशैँको मुख्य दिन टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ । घरमा आउने पाहुनालाई प्रसाद दिने...
Source : https://ujyaaloonline.com/story/107672/2024/10/11/consumption-of-apples-produced-in-mustang-is-high